झापा,चैत्र २१ । चैत १५ गते तीनकुनेको घटना छानबिनका लागि राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।

बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई उक्त घटनाबारे ध्यानाकर्षण गराउँदै राप्रपाले निष्पक्ष छानबिनको माग गरेको हो ।
अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको राप्रपाको प्रतिनिधिमण्डलले कार्यवाहहक प्रधानमन्त्री सिंहलाई भेटी तीनकुने र आसपासका घटनालगायतका विषयमा ध्यानाकर्षण गराएको हो । उक्त दिनको प्रदर्शन राज्य पक्षकै कारण हिंसात्मक बनेको पनि राप्रपाको भनाइ छ ।
सभामै भाग लिएकै आधारमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालगायतलाई ’राज्यविरुद्धको अपराध’ जस्तो गम्भीर प्रकृतिको मुद्दा लगाइएको भन्दै राप्रपाले आपत्तिसमेत जनाएको छ ।
राप्रपाले सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठनको माग गरेको छ ।
छानबिनका लागि गृहमन्त्रीको राजीनामा र चेत १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन गर्नुपर्ने पनि राप्रपाको माग छ । त्यस्तै मृतकहरूलाई सहिद घोषणा गर्नुका साथै नेताहरू मिश्र र राणाको रिहाइ गर्न पनि राप्रपाले माग गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्