झापा,चैत २१ । विराटनगरस्थित नोबेल मेडिकल एण्ड टिचिङ अस्पतालको प्रयोगशालामा आगलागी भएको छ ।

नोबेल मेडिकल एण्ड टिचिङ अस्पतालको प्रयोगशाला (ल्याब)मा बिहीबार दिउँसो जेनेरेटर सर्ट भएर एकाएक आगलागी सुरु भएको थियो । जेनेरेटरमा लागेको आगो ल्याबमा सल्किएको थियो भने केही समयको प्रयासपछि आगो निभाइएको नोबेल प्रशासनले जानकारी दिएको छ ।