झापा , चैत २१ । पाँचथरको कुम्मायक गाउँपालिकाको जंगलमा डढेलो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ भने ३ जना गंभीर घाइते भएका छन् ।

आज दिउँसो कुम्मायक ३ ताम्राखुस्थित अमर थापा र पदन खड्कालगायतका निजी वनमा डढेलो लागेको थियो । डढेलोबाट हातीपोखरी बस्ने ४ जना घाँस, काट्न जाने क्रममा जलेर घाइते भएकोमा एकजनाको उपचारका क्रममा मृत्यु भएको हो । हातीपोखरी बस्ने २२ वर्षीया प्रतिमा सम्वाहाम्फेलाई थप उपचारको लागि धरान लगिएकोमा चेकजाँच गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेका हुन् ।

त्यस्तै २८ वर्षीया सपना सम्वाहाम्फे ,उनकी छोरी ११ वर्षीया शिवाना सम्वाहाम्फे , ६० वर्षीया निरमाया सम्वाहाम्फे घाइते छन् । गंभीर अबस्थाका उनीहरुको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्