झापा, चैत २२ । इलाम माई नगरपालिकाको शुक्रवारेमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा एकजना नाबालिका रहेकी छन् । हिजो दिउँसो ४ बजे माई नगरपालिका ४ शुक्रबारेमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी दानाबारी र जिल्ला प्रहरी कार्यालय इलामको बिशेष प्रहरी टोली खटिएको थियो । पैदलयात्री ४ शुक्रबारे वस्ने अन्दाजी ४६ वर्षीय देउकुमार नेम्वाङलाई शंका लागेर चेकजाँच गर्दा उनले बोकेको हरियो रङको झोलाभित्र रहेको जिन्सको पाईन्टमा लुकाई छिपाई ल्याएको ब्राउनसुगर फेला परेको थियो ।

प्लाष्टिकले वेरी सानोसानो पोका बनाई राखेको २ पोका फेला पारी उनलाई थप अनुसन्धान गर्दा सोही ठाउँ बस्ने १७ वर्षीया नाबालिकाको पाइन्ट हो भन्ने खुल्न आएकोले दुवै जनालाई ०.२८० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्