झापा , चैत २३ । सुनसरी इटहरी उपमहानगरपालिका–२ बरगाछी बस्ने गोपाल परियारले आँगनको उत्तरपट्टी संचालन गरेको पाथीभरा माताको मन्दिरमा आगलागी भएको छ ।

आज बिहान अन्दाजी ४ः१५ बजे एकतले पाथीभरा माताको मन्दिरमा बालेको दियोबाट आगो सल्किएको हो । आगलागीबाट मन्दिर, मन्दिरभित्र रहेको सुन अन्दाजी २ तोला , चादी १.५ किलोग्राम, नगद अन्दाजी १ लाख र मूर्तिलगायत गरी अन्दाजी ९ लाख बराबर क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोली, स्थानीय र दमकलको सहयोगमा उक्त आगलागी बिहान ४.४५ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो