झापा, चैत २३ । तेह्रथुम लालीगुराँस नगरपालिका वडा न.७ च्याक्चे गाउँ बस्ने ४० वर्षीय बमबहादुर थापामगरको बाटोबाट लडेर मृत्यु भएको छ ।

चैत १७ गते बिहान ११.२५ बजे गाउँबाट घर फर्कने क्रममा ढुंगा तारजाली भएको बाटोमा अचानक लडेर उनी अन्दाजी २० मिटर तल झरेका थिए । घाइते मगरको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेकोमा आज बिहान २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्