झापा , चैत २३ । नेपाल– भारत मैत्री संघ उपशाखा विर्तामोडको अध्यक्षमा शेखरप्रसाद ढकाल चयन भएका छन् ।

आज बिहान अर्जुनधारा जलेश्वर धाममा सम्पन्न साधारण सभाबाट ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो । समितिमा निवर्तमान अध्यक्ष सुरेशकुमार वंशल ,उपाध्यक्ष कुलप्रसाद खरेल ,शारदा ढकाल रिजाल ,महासचिव नारायण कोईराला र कोषाध्यक्षमा राजकुमार गुप्ता रहेका छन् ।
त्यस्तै सदस्यहरुमा राजकुमार पोखरेल ,मदनगोपाल सुब्बा , चैतन्यप्रकाश मैनाली ,नविन गट्टानी , ताराप्रसाद सिटौला ,दिपेन्द्र ढकाल ,कृष्ण प्रसाई र वसन्त सोमानी रहेका छन् । १५ सदस्यीय समितिका लागि पहिलो बैठकबाट एकजना सदस्य मनोनित गरिने जनाइएको छ ।