बिर्तामोड , चैत २४ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तीन पक्षको कमजोरीका कारण तीनकुने घटना भएको टिप्पणी गरेका छन् ।

बिर्तामोड –४ स्थित नेकपा (एकीकृत समाजवादी) को जिल्ला पार्टी कार्यालयको सभाहलमा पार्टीनिकट समाजवादी प्रेस संगठन झापाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले पूर्व राजा ज्ञानेन्द्र शाहको महत्वकांक्षा , पूर्व पञ्चहरुको दिवा स्वप्ना र सत्तारुढ दलहरुको अकर्मण्यता र असक्षमताका कारण सो घटना भएको विश्लेषण गरेका हुन् । उनले त्यस दिन सुरक्षाको प्रवन्ध असाध्यै कमजोर रहेकोसमेत दावी गरे । तीनकुने घटनामा आन्दोलनकारीहरुको अराजकता र सरकारको दमन दुवै देखिएको बताउँदै उनले एउटा पक्षलाई मात्र दोष दिन नमिल्ने प्रतिक्रिया दिए ।

उनले सरकारले एकतर्फी दोष देखाएर उम्कन नमिल्ने भन्दै आफ्नो पार्टी न्यायिक छानबिन आयोग बन्नु पर्छ भन्ने पक्षमा रहेको स्पष्ट पारे । अहिले हरेक क्षेत्रमा दलाल पुँजीवादी हाबी हुँदै गएकोले सिंगो कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन र बामपंथी एकता गर्दै बैज्ञानिक समाजवादमा जानुको विकल्प नभएको उनको भनाई थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्