बिर्तामोड, चैत २४ । झापाको बिर्तामोड ७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको निर्वाचनमा चार दल एक ठाउँमा उभिएका छन् ।

नेकपा माओवादी केन्द्र , नेपाली कांग्रेस , राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी गठबन्धन बनाएका हुन् । जुन गठबन्धनका तर्फबाट अध्यक्षमा कृष्णप्रसाद लिम्बूले अध्यक्षमा उम्मेद्वारी दिएका छन् । त्यस्तै सो गठबन्धनका तर्फबाट उपाध्यक्षमा मंगलसिंह साँवा , सचिव इन्दिरा अधिकारी बाँसकोटा , सहसचिव जीवन कार्की र कोषाध्यक्षमा इश्वरादेवी भट्टराईले उम्मेदवारी दिएका छन् ।

त्यस्तै आरक्षित पाँच सदस्यमध्ये महिला सदस्यमा शान्ता उप्रेती , मन्जु कट्टेल उप्रेती , जनजातितर्फ बुद्धराज लिम्बू , दलिततर्फ सावित्रा कार्की र आदिवासीतर्फ मनमाया हस्दाले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै पाँचवटा टोलतर्फ १ नं टोलमा वीरबहादुर श्रेष्ठ , धनमाया फुँयल, २ न. टोलमा मेघराज पौडेल लीलादेवी उप्रेती , ३ न. टोलमा डिल्लीराम प्रसाई भीमा श्रेष्ठ , ४ न. टोलमा राजकुमार लावती , सुनिताकुमारी राजवंशी तथा ५ नं टोलमा खगेन्द्र कट्वाल र बन्दना लिम्बू उम्मेद्वार बनेका छन् । ती चारवटा दलहरुले समृद्ध वन स्वतन्त्र प्यानल भनेर नामकरण गरेका छन् । गठबन्धनलाई जिताउन नवीन भट्टराईको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाइएको छ ।

उता नेकपा एमाले एक्लै निर्वाचनमा होमिएको छ । नेकपा एमालेले सूर्य भट्टराईको अध्यक्षतामा प्यानल बनाएको हो ।निर्वाचन प्रचार प्रसार समितिले भट्टराईलाई उम्मेदवार घोषणा गरेको हो । उनको प्यानलमा उपाध्यक्षमा कुलप्रसाद साँवा, सचिव सृष्टि राई, सहसचिव लक्ष्मीप्रसाद पौडेल र कोषाध्यक्षमा नैनकला गुरागाईलाई उम्मेदवार घोषणा गरिएको छ ।

यस्तै, सदस्यहरुमा टोल नं. १ बाट खड्गप्रसाद प्रधान, रिता चौधरी, २ बाट भीम सुब्बा, रुपा घिमिरे, ३ बाट भीम अधिकारी, रञ्जु बराल, ४ बाट मनकुमार लिम्बू, सीतादेवी बस्नेत र ५ बाट प्रमिला घिमिरे, रिता खनाललाई उम्मेदवार घोषणा गरिएको छ ।

खुल्ला सदस्यमा पार्वता भुजेल, थलप्रसाद गदाईली (दलित), उर्मिला राई (खुल्ला महिला) र संजय लिम्बू ( खुल्ला पुरुष) उम्मेदवार बनेका छन् ।दुवै प्यानलले आइतवार मनोनयन दर्ता गराएका छन् । निचाझोडा वनमा नेकपा एमालेको वर्चस्व रहँदै आएको छ । त्यस वर्चस्वलाई तोड्न चार दल एक भएर लागिपर्दा एमालेमाथि चुनौती थपिएको छ । निचाझोडा वनमा ८३१ घरधुरी सदस्य रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्