झापा , चैत २५ । झैझगडाका क्रममा झापा दमककी एक महिलाले छिमेकीमाथि खुकुरी प्रहार गरेकी छन् ।

गएराति ८.२० बजे दमक नगरपालिका वडा न. ७ श्रीपाली टोल बस्ने ५८ वर्षीय दलबहादुर राई र सोही ठाउँ बस्ने छिमेकी ६३ वर्षीया देवीमाया तामाङबिच मादक पदार्थ सेवन गरी सामान्य विवाद भई झैझगडा भएको थियो । त्यसक्रममा देबीमाया तामाङले दलबहादुर राईलाई धारिलो हतियार खुकुरी प्रहार गरेकी हुन् ।

खुकुरी प्रहारबाट दलबहादुरको दुबै हातमा चोट लागेको छ भने देवीमायाको बायाँ हातमा चोट लागेको छ । दुबै घाइतेलाई उपचारको लागि दमक अस्पताल दमक पठाएको र खुकुरी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई राखेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्