झापा , चैत २५ । आफ्ना नेता कार्यकर्ताहरुको रिहाईको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले गौरीगञ्जमा मशाल जुलुश निकालेको छ ।

आज साँझ गौरीगञ्ज .६ खजुरगाछीस्थित कृष्ण मन्दिरबाट मशाल जुलुश सुरु भएको थियो । प्रहरीले राँको खोसेर निभाएपछि बिभिन्न नाराबाजी गर्दै गौरीगञ्ज ३ स्थित गौरीगञ्ज चोकमा समापन भएको थियो । जुलुशको नेतृत्व राप्रपा गौरीगञ्ज गाउँ कमिटी अध्यक्ष गणेश पोखरेल र राप्रपाका केन्द्रीय सदस्य बाबुराजा श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्