झापा , चैत २६ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खडकाको पीएसओ शौचालयमा लडेर गंभीर घाइते भएका छन् ।

हिजो बिहान ६ः२५ बजे संखुवासभाको खाँदबारी १ मा रहेको आरती होटेलमा ऊर्जामन्त्री खडकाको पीएसओ प्रहरी नायव निरीक्षक सविन थापा शौचालयमा लडेर घाइते भएका हुन् ।

उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा थप उपचारको लागि एभरेष्ट एयरको हेलीद्वारा न्युरो अस्पताल काठमाण्डौतर्फ लगिएको छ । दाहिने आँखीभुइँमा चोट लागेका थापाको अवस्था बोल्न नस्कने गम्भीर रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्