झापा, चैत २६ । मोरङमा १४ वर्षीय बालकले ९ वर्षीया बालिकालाई बलात्कार गरेका छन् ।

मोरङको धनपालथान गाउँपालिका वडा नं. ४ हरकपुर बस्ने १४ वर्षीय बालकले सोही ठाउँ बस्ने ९ वर्षीया बालिकालाई बलात्कार गरेका हुन् । शनिवार दिउँसो १.३० बजे घरमा कोही नभएको मौका पारी पीडितको घरको दलानमा सुताई मुखथुनी ती बालकले जबरजस्ती करणी गरेका थिए ।
हिजो साँझ ५ बजे इलाका प्रहरी कार्यालय रंगेलीमा जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी कर्सियाबाट टोली खटिएर ती बालकलाई नियन्त्रणमा लिएको छ । उनलाई अनुसन्धानको लागि इप्रका रंगेलीको बाल निगरानी कक्षमा राखिएको प्रहरीले जनाएको छ ।