झापा, चैत २६ । सुनसरीको धरान–६ स्थित पाँचकन्या सामुदायिक वनभित्र अर्धनग्न अबस्थामा महिलाको शव फेला परेको छ ।

हिजो दिउँसो १२;३० बजे पाँचकन्या सामुदायिक वनमा तत्काल नामथर वतन नखुलेको अन्दाजी ३० वर्षकी महिला लसुनेको रुखमा हाते झोलाको फित्ता घाँटीमा बेरिएको मृत अवस्थामा भेटिएकी हुन् ।उनको अनुहारमा निलडाम देखिएको छ भने शरीरको तल्लो भाग नाङ्गो अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय धरानबाट टोली खटिएको थियो । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाको कमाण्डमा प्रहरी टोलीसहित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फोरेन्सिक विशेषज्ञ डाक्टरको टोली समेत खटिएको थियो ।
उता बिराटनगरको बसपार्कस्थित सार्वजनिक शौचालयको छेउमा एक महिला मृत फेला परेकी छन् । मागी खाई हिड्ने अन्दाजी ६० वर्षकी नाम, थर, वतन नखुलेकी महिला मृत हिजो दिउँसो मृत फेला परेकी हुन् । अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट टोली खटिएको जनाइएको छ ।