झापा,चैत २७ । फक्ताङलुङ गाउँपालिकाले योजना सञ्चालनमा विद्यालयलाई रोक लगाएको छ ।

गाउँपालिका तथा विभिन्न निकायबाट प्राप्त बजेट कार्यान्वयन गराउन र त्यसको कागजात मिलाउन शिक्षकहरू हिँड्दा बालबालिकाको पढाईमा असर परेको भन्दै रोक लगाइएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी दिए ।
विद्यालयले निर्माण, खरिद, जस्ता योजना विद्यालयमार्फत नगराई आफ्नो वडाका टोल विकास संस्था वा गाउँपालिका मार्फत कार्यान्वयन गराउन निर्देशन दिएको विद्यालयका प्रधानाध्यापकहरूले बताएका छन् ।
विद्यालयमा पर्याप्त मात्रामा शिक्षक नभएको र भएका शिक्षक पनि यसरी हिँड्दा बालबालिकाको पढाईमा गम्भीर असर परेको बुझाइ अध्यक्षको छ । योजना सञ्चालनको कागजात मिलाउन प्रधानाध्यापकहरू विभिन्न निकायमा धाउँदा विद्यालयमा अन्य कामहरु पनि प्रभावित बनेका छन् ।
फक्ताङलुङ गाउँपालिकाले बैशाख २ देखि एक सातासम्म भर्ना अभियान सञ्चालन गर्न र अभिभावकसँग छलफल गर्न पनि परिपत्र गरेको छ ।
‘आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थी तथा अभिभावकको घरघरमा पुगेर अन्तरक्रिया गर्न, विद्यालय क्षेत्रका टोलमा गएर बालकालिका विद्यालय पठाउन अभिभावकलाई मनाउन र त्यसको फोटोसहितको प्रतिवेदन पठाउन निर्देशन आएको छ,’ रानी आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेम खतिवडाले भने ।
विद्यालयलाई योजना सञ्चालनमा रोक, भर्ना अभियानका लागि घर–घर पुग्न गाउँपालिकाको निर्देशन