झापा, चैत २७ । झापाको शिवसताक्षी नगरपालिका १० स्थित गुरुकुलमा अध्ययनरत एक विद्यार्थीले आत्महत्या गरेका छन् ।

लक्ष्मी नारायण मन्दिर तथा जगतगुरु योगी कमल नारायण आश्रम अनन्ता दर्शन संस्कृत बेद विद्यालयमा अध्ययनरत विद्यार्थीले झुन्डिएर आत्महत्या गरेका हुन् ।

आज बिहान सो गुरुकुलमा कक्षा ५ मा बोडर्स अध्ययनरत कन्काई वडा नम्बर ७ बस्ने बोधराज गौतमका छोरा अन्दाजी १३ वर्षका उत्सव गौतमले मन्दिरको तेस्रो तलाको फलामको ट्रसमा गम्छाको डोरीले पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेले कानुनी प्रकृया पूरा गरी अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्