झापा,चैत २८ । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका वडा नम्बर–७ स्थित सिबुचे भिरबाट लडेर एक विदेशी नागरिकको मृत्यु भएको छ ।

बिहीबार बिहान चिप्लिएर बेल्जियमका ६४ वर्षीय आन्द्रे डेक्लियरको मृत्यु भएको स्थानीय टेक हादुर राईले जानकारी दिए ।
माप्यदूधकाशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईका अनुसार डेक्लियर मेरापिक हिमाल चढ्न आएका थिए । प्रतिकूल मौसमका कारण उद्धारका लागि हेलिकप्टर तत्कालै आउन नसकेको राईको भनाइ छ ।