मेचीनगर , चैत २९ । चैत १५ गतेको तीनकुने हिंसात्मक घटनापछि फरार रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरी काँकरभिट्टा नाका हुँदै नेपाल ल्याइएको छ ।

आज बिहान १०ः०५ बजे मेचीनगर –६ स्थित काँकरभिट्टा नाका हुँदै उनलाई नेपाल ल्याइएको हो । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजन लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई प्रदेश १–००२ च ३७९३ न. को कालो सीसा भएको गाडीमा हालेर चन्द्रगढी बिमानस्थलतर्फ लिएर गएको छ । राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईंलाई भारतमा पक्राउ गरी काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको हो । सीआईबीको टोलीले स्कर्टिङ गरी उनलाई अहिले भद्रपुर विमानस्थल लग्दै छ । सीआईबीले उनलाई केहीबेरमा बुद्ध एयरको विमानमा काठमाडौं पठाउने तयारी गर्दै छ ।

आज बिहानदेखि मेची पुलमा उनका परिवारका सदस्य र समर्थकहरु उनको प्रतिक्षामा रहेका थिए । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका मेची अञ्चल सह संयोजक प्रकाश उप्रेतीको नेतृत्वमा झापा जिल्ला संयोजक राजेश राजवंशी लगायत करिब १५ जना भेला जम्मा भई दुर्गा प्रसाईं जिन्दावाद, नागरिक बचाउ महाअभियान जिन्दावाद जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्