झापा , चैत २९ । गत चैत १५ गते राजधानीको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

उनलाई काठमाडौ लैजानका लागि अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको हो । बिहान ११ बजेको बुद्ध एयरको विमानमार्फत उनलाई काठमाडौ लगिने भएको हो । प्रसाईलाई भारतीय सुरक्षा निकायले नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो । नेपाल प्रहरीले काँकरभिट्टामा जिम्मा लिएर भद्रपुर लिएर गएको हो ।
प्रसाईलाई आसाममा स्थानीय प्रहरीले नियन्त्रणमा लिएको थियो । नेपाल प्रहरीको समन्वयमा नियन्त्रणमा लिइएका प्रसाईलाई काँकरभिट्टास्थित मेची पुलमा जिम्मा लिएर काठमाडौं लैजान भद्रपुर लगिएको जानकारी प्राप्त भएको छ ।