झापा, चैत ३१ । झापाको अर्जुनधारामा लाखौको चोरी भएको छ ।

अर्जुनधारा नगरपालिका वडा न.६ डाँसपुल छेउ बस्ने दिपक पराजुलीको घरमा चोरी भएको हो । दुई तले पक्की घरमा कोही नभएको अवस्थामा घरको मुल ढोकाको ताल्चा फुटाई माथिल्लो तल्लाको कोठाभित्र दराजमा रहेको सुनको बिभिन्न गरगहनाहरु अन्दाजी साढे ३ तोला र चाँदीको बिभिन्न गरगहनाहरु अन्दाजी १३५ तोला गरी जम्मा ८ लाख ४५ हजार बराबरको चोरी भएको हो ।
पराजुली परिवारका सम्पूर्ण सदस्यहरु काठमाण्डौ गएका थिए । हिजो साँझ घर फर्किएर आएपछि घरमा चोरी भएको थाहा पाएका थिए ।