झापा, चैत ३१ । नयाँ वर्ष २०८२ को अवसरमा इलाममा आयोजना हुने कार्यक्रममा सहभागी हुनका लागि २७ देशका कुटनैतिक प्रतिनिधिसहित परराष्ट्रमन्त्री आरजु राणा झापा आइपुगेकी छन् ।

चन्द्रगढी विमानस्थलमा अवतरण गरी उनी बिर्तामोड आइपुगेकी हुन् । बिर्तामोड ४ स्थित सिद्धार्थ होटलमा परराष्ट्रमन्त्री राणासंग कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ । त्यसपछि टोलीसहित उनी इलामतर्फ जाने प्रहरीले जनाएको छ ।
उनको टोलीमा नेपालका लागि जापानीज राजदूत माइदा टुरो , इजिप्टियन राजदूत नोहा हामदी अहमद एल्जीबेली , इजरायली राजदूत शुमिलक एरी बास ,स्वीजरल्याण्डका राजदूत डेनियल मेउली मोन्टे लियोन, दक्षिण कोरियाका राजदूत पार्क ताइयोङ , बेलायती राजदूत रोब फेन , थाइल्याण्डका राजदूत सुवापोनी सिरिसन, अष्ट्रेलियन राजदूत लिअन जोन्सन, फ्रान्सेली राजदूत भर्जिनी कोर्टेवलसहित बिदेशस्थित कुटनैतिक नियोगका प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय संघ–संगठनका प्रमुखहरुलगायत विभिन्न २७ देशका ३१ जना कुटनैतिक प्रतिनिधिहरु सहभागी रहेका छन् ।