झापा,चैत ३१ । हङकङमा जारी चारदेशीय टी २० अन्तर्राष्ट्रिय श्रृङ्खलाको उपाधि कुवेतले जितेको छ। नेपाललाई ३ रनले हराउँदै कुवेतले उपाधि आफ्नो नाममा गरेको हो।

मङककस्थित मिसन क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले १७४ रन बनाएको थियो । १७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालको सुरुवाती ब्याटिङ कोल्याप्स हुँदा नेपालले १९.३ ओभरमा १७१ रन बनाउँदै अलआउट भयो।

नवौं विकेटका लागि नन्दन यादव र वसिर अहमदले ७२ रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काएका थिए। अन्तिम ओभरमा ११ रन चाहिएको थियो। अन्तिम ओभर र अन्तिम विकेटको रुपमा ललित राजवंशी र बसिर अहमद क्रिजमा रहेका थिए। पहिलो बलमा नो बल हुँदै छक्का गएपछि ६ बलमा ४ रन चाहिएको थियो। त्यसपछि लगातार २ बल डट खेलेर बसिर १९.३ मा ठूलो सट खेल्दा बाउन्ड्री लाइनमा क्लिन्टो एन्टोको हातमा क्याच आउट भए।

नेपालका लागि बसिर अहमदले सर्वाधिक ८० रन बनाए । उनले ४३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। ओपन आसिफ शेखले २१, नन्दन यादवले ३७ रन बनाए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पावरप्लेमा नै ४ विकेट गुमाएको नेपालले त्यसपछि पनि बसिर र १० औं ब्याटरको रुपमा क्रिजमा आएका नन्दनले बाहेक कुनैपनि ब्याटरले जिम्मेवारीपूर्ण ब्याटिङ गर्न सकेनन्। कुवेतका लागि अनुदिप चेन्थामाराले सर्वाधिक ३ विकेट लिए। यासिन पटेल र नवीनराज राजेन्द्रनले २–२ विकेट लिए। मोहम्मद अस्लमले १ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। कुवेतका लागि ओपनर रविजा सान्द्रारुवानले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले। उनले ३६ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। अर्का ओपनर क्लिन्टो एन्टोले २६, मित भवसारले १६ र उस्मान पटेलले २३ रन बनाए। विलाल ताहिर रन आउट भएपश्चात कुवेत ब्याक फुटमा आएको हो।

कप्तान मोहम्मद आस्लम १३ र नवीनराज राजेन्द्रन ८ रनमा अविजित रहे। नेपालका लागि बलिङमा नन्दन यादव र सोमपाल कामीले समान २–२ विकेट लिए। करण केसी र कुशल भुर्तेलले १–१ विकेट लिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्