झापा, चैत ३१ । बिर्तामोड नगरपालिकाले बैशाख ३ गते स्थानीय विदा दिएको छ ।

आदिवासी राजवंशी समुदायको सिरुवा पर्वको लागि बैशाख ३ गते स्थानीय विदा दिइएको नगरपालिकाका उपसचिव तिलचन भण्डारीले आज जारी गरेको सूचनामा उल्लेख छ । राजवंशी समुदायको बाहुल्यता रहेको बिर्तामोडमा विगत केही वर्षदेखि नगरपालिकाले सिरुवाको विदा दिँदै आएको छ । राजवंशीहरुले बैशाख १ , २ र ३ गते सिरुवा पर्व मनाउने गरेका छन् ।झापा गाउँपालिकाले पनि बैशाख ३ गते विदा दिएको छ ।
