झापा,चैत ३१ । संखुवासभाको पाँचखपन नगरपालिका–९ तेर्सेको कुलमाने जंगलमा मानव कंकाल फेला परेको छ ।

जंगलमा च्याउ खोज्न गएका स्थानीयले आइतबार मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी निरीक्षक नरेश लिम्बूसहितको टोलीले आवश्यक कानुनी प्रक्रियापछि मानव कंकालको परीक्षण र सनाखतको लागि जिल्ला अस्पताल खाँदबारी पठाएको छ।

फेला परेको मानव कंकाल पाँचखपन नगरपालिका–९ तेर्से बस्ने ४५ वर्षीय डिङबुटी शेर्पाको रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

शेर्पा २०८१असार २४ गते अन्दाजी बिहान साढे ९ बजे घरबाट बिजुली बत्तीको महसुल तिर्न चैनपुर गएका थिए । त्यसपछि शेर्पा घर पुर्किएका थिएनन् । उनले लगाएको जुत्ता र लत्ता कपडाको आधारमा सनाखत गरिएको जिल्ला प्रहरीका डीएसपी दक्षकुमार बस्नेतले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्