झापा, बैशाख १ । काठमाण्डौबाट झापातर्फ आउँदै गरेको हायस गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

हिजो राति २ बजे सुनसरीको इटहरी उपमहानगरपालिका ५ एपेक्स हस्पिटलनजिकै पूर्वपश्चिम लोकमार्गमा झापातर्फ आउँदै गरेको बा ४ ख ४१८८ नं. को हायस गाडीले सोही दिशा आउँदै गरेका ठेला चलाउने जनताबस्ती बस्ने ७२ वर्षीय केदार खड्कालाई ठक्कर दिएको थियो ।
टाउको तथा शरीरको बिभिन्न भागमा गम्भीर चोट लागेर इटहरीस्थित एपेक्स हस्पिटलमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिराट नर्सिङ होम पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले हायस र हायस चालक मोरङ बूढीगंगा गाउँपालिका– १ पुष्पलाल चोक बस्ने ३२ वर्षीय अनोज अधिकारीलाई नियन्त्रणमा लिएको छ ।