झापा,बैशाख २ । नयाँ वर्षमा धनकुटामा युवाहरुबीच विवाद भएको छ ।

विवादका क्रममा छुरा प्रहारबाट दुई घाइते भएका छन् । गएराति ११ः३० बजे धनकुटा नगरपालिका वडा नम्बर ५ बिहीवारे हटियानजिकै छुरा प्रहारबाट धनकुटा– ५ बस्ने १७ वर्षीय कुशल राई र सोही ठाउँ बस्ने १७ वर्षीय आयुष राई घाइते भएका हुन् । दुबै घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा भर्ना गरिएको छ ।

छुरा प्रहार गर्ने धनकुटा नगरपालिका– ६ नाशाल चौक बस्ने १८ वर्षीय रुसुक खड्गी र धनकुटा –७ बस्ने वर्ष १७ वर्षीय लाजीहाङ लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्