झापा,बैशाख २ । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका रेक्टर खड्ग केसीलाई मंगलबार निमित्त उपकुलपतिको जिम्मेवारी दिएका छन् ।

त्रिवि ऐनमा उपकुलपति रिक्त रहे रेक्टरलाई बढीमा ३ महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिन सकिने व्यवस्था छ ।

उक्त अवधिमा शिक्षा मन्त्रीको संयोजकत्वमा ३ सदस्यीय उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरि नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्छ । केसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर नियुक्ति पत्र बुझेको जानकारी दिए ।

गत बिहिबार कुलपति ओलीले उपकुलपति केशरजंग बरालले चैत १५ गते दिएको राजीनामा स्वीकृत गरेका थिए । राजीनामा स्वीकृत भए पनि त्यतिबेला निमित्त तोकिएको थिएन ।

बरालले प्रधानमन्त्री केपी ओलीको असहयोग र हस्तक्षेपका कारण राजीनामा दिएको बताएका छन् । उनी २०८० फागुन १० गते उपकुलपति नियुक्त भएका थिए । १३ महिनामा नै उनले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्