झापा, बैशाख ३ । झापामा लगातार तीन दिन विदा दिइएको छ ।

बैशाख १ गतेदेखि दिइएको विदा आज बैशाख ३ गतेसम्म कायम छ । बैशाख १ गते नयाँ वर्षको विदा दिइएको थियो भने कोशी प्रदेश सरकारले हिजो सिरुवा पर्वको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिएको थियो । प्रदेश सरकारले अतिरिक्त बिदाको रूपमा सिरुवा पर्वको अवसरमा राजपत्रमा नै प्रकाशित गरी प्रदेशभरि सार्वजनिक बिदा दिएको हो ।

त्यस्तै आज बैशाख ३ गते झापाका धेरै पालिकाहरुले स्थानीय विदा दिएका छन् । केही पालिकाले आदिवासी राजवंशी समुदायको सिरुवा पर्वको लागि थप विदा दिएका छन् भने केहीले मेचे समुदायको बैशागु बथर पर्वको लागि विदा दिएका छन् । बिर्तामोड नगरपालिका , झापा गाउँपालिका , बाह्रदशी गाउँपालिकालगायतले सिरुवाको लागि विदा दिएका छन् भने मेचीनगर नगरपालिका र हल्दिवारी गाउँपालिकाले बैशागु बथर पर्वको लागि विदा दिएका छन् । मेचीनगर नगरपालिकाले मेचे समुदायको बैशागु बथर पर्वमा पहिलो पटक सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्