झापा, बैशाख ४ । आफ्नै घरमा आफ्नै छोरीसंग आपत्तिजनक अबस्थामा भेटेपछि युवतीका बुवाले बाम्फोक प्रहार गरी एक युवकलाई गंभीर घाइते बनाएका छन् ।

गएराति झापामा सो घटना भएको हो । राति १२ः१० बजे आफ्नो घरको कोठामा आफ्नै छोरीसंग आपत्तिजनक अवस्थामा युवतीका बुवाले फेला पारी युवकलाई धारिलो हतियार बाम्फोक प्रहार गरेका हुन् । शरीरको बिभिन्न ठाउँमा गहिरो चोट लागेर गम्भीर घाइते भएका युवकलाई बीएण्डसी अस्पतालमा भर्ना गरिएको छ । युवतीसमेत सामान्य घाइते भएकी छन् । घटनापछि बाम्फोक प्रहार गर्ने युवतीका बुवालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्