झापा , बैशाख ४ । सोलुखुम्बुमा बुवाले आफ्नै पाँच वर्षीया छोरीमाथि खुकुरी प्रहार गरेका छन् ।

आज बिहान ६ः३० बजेतिर सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका–९ गोपे बस्ने ३२ वर्षीय चामकुमार तामाङले आफ्नै छोरी ५ वर्षीया पवित्रा तामाङलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।

घरदेखि अन्दाजी १५० मिटर पूर्व सडकमा बायाँ कानमाथि, कानमुनि र निधारमा गहिरो चोट लागेर लडिरहेको अबस्थामा ती बालिका फेला परेकी थिइन् । घटनास्थलमा दापसहितको खुकुरीसमेत फेला परेको छ । घाइते बालिकालाई उपचारको लागि थुलुङ दुधकोशी अस्पताल मुक्ली पठाइएको छ । घटनापछि फरार रहेका चामकुमारको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्