झापा, बैशाख ६ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित दोमुखा चिल्ड्रेन पार्कमा एक बेवारिसे शव फेला परेको छ ।

आज दिउँसो १२.३० बजेतिर नाम, थर र वतन नखुलेको अन्दाजी ५५ वर्षका पुरुष मानिस मृत फेला परेका हुन् । केही दिनदेखि ती व्यक्ति त्यही मागी हिड्ने गरेका थिए । मृतकको हुलिया सार्वजनिक गरिएको र शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।