झापा, बैशाख ६ । जंगली च्याउ खाएर झापा शिवसताक्षीकी एक महिला सिकिस्त भएकी छन् ।

आज बिहान अन्दाजी ९ बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ११ बस्ने रोशन राईकी श्रीमती ३५ वर्षीया चन्द्रकुमारी राईले जंगली च्याउ टिपेर ल्याई घरमा पकाएर खाएकी थिइन् ।
सोही च्याउ खाएर बिरामी भएकी राईलाई उपचारको लागि दिउँसो ३ बजे लाईफलाईन अस्पताल दमक लगिएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।