झापा, बैशाख ६ । झापामा राजावादीहरुले शक्ति संचय गरी आन्दोलन थाल्ने भएका छन् ।

हराइसकेका राजसंस्था समर्थकहरुलाई खोजी गरी उनीहरुले संगठित गराउने प्रयास गरेका हुन् । बैशाख ६ गते शनिवार राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गर्ने कार्यक्रम रहेकोमा त्यसलाई उनीहरुले रोकेका छन् । बिर्तामोडको मारवाडी सेवा समितिको सभाहलमा भएको भेलामा उपस्थित सम्पूर्ण सहभागीहरु स्वतःरुपमा आन्दोलन परिचालन समितिको आयोजक सदस्य रहने निर्णय गरिएको छ । सो भेलामा करिव ४० जनाको उपस्थिति रहेको थियो ।

भेला राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन परिचालन समिति झापाका संयोजक टेकनारायण राजवंशीको अध्यक्षतामा भएको थियो । आगामी साता बृहत भेला गरेर आन्दोलनका लागि आन्दोलन समिति गठन गरिने जनआन्दोलन परिचालन समितिका सचिव चेतराज थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्