झापा,बैशाख ७ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आजको प्रदर्शनमा प्रदर्शनकारीहरु निषेधित क्षेत्रको घेरासम्म पुगेका छन् ।

केही प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले माइकिङ गरेर निषेधित क्षेत्र नतोड्न माइकिङ गरेको छ ।

निषेधित क्षेत्र तोडेमा कारबाही गर्ने चेतावनीपछि प्रदर्शनकारीहरूले विभिन्न नाराबाजी सुरु गरेका छन् । राप्रपा नेताहरुले आज सामूहिक गिरफ्तारी दिने बताएपनि प्रदर्शन क्षेत्रमा शीर्ष नेताहरु देखिएका छैनन् ।

राप्रपा नेता विक्रम पाण्डे नाराबाजी गर्दै निषेधित क्षेत्रसम्म पुगे पनि उक्त क्षेत्र पुगेलगत्तै फर्किएका छन् । प्रदर्शनमा नेताहरु नदेखिएको भन्दै प्रदर्शनकारीहरु असन्तुष्ट देखिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्