झापा, बैशाख ७ । राजधानीको सिंहदरबार र बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ जना रिहा भएका छन् ।

आइतबार दिउँसो पक्राउ परेका ७ जनालाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।
सिंहदरबार भित्रबाट लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ परेका हुन् । बानेश्वर क्षेत्रबाट ३ जना पक्राउ परेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्