झापा, बैशाख ७ । नेपाल निजामती कर्मचारी संगठन झापाले विविध रचनात्मक क्रियाकलापका साथ संगठनको ३५ औँ स्थापना दिवस मनाएको छ ।

संगठनले आइतवार विहान भद्रपुर ४ स्थित नेपाल अपांग संघ, खगेन्द्र नवजीवन केन्द्रमा आश्रित अपांगता भएकाहरुलाई खाद्यान्न वितरण तथा भोजन गराएर एवम् दिउँसो सेवानिवृत्त कर्मचारीलाई सम्मानसहित विदाइ र निजामती सेवाका नवप्रवेशीहरुलाई स्वागत गर्दै स्थापना दिवस मनाएको हो ।
संगठनले अपांग संघमा आश्रितहरुका लागि चामल, दाल तेल, चिनीलगायतका खाद्य सामग्री प्रदान गर्नुका साथै आश्रित १४ जनालाई एकछाक खाना खुवाएको संगठनका झापा सचिव पूर्णचन्द्र मैनालीले जानकारी दिए ।
संगठन झापाका अध्यक्ष न्यौपाने, संगठनका केन्द्रीय सदस्य तथा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था झापाका अध्यक्ष वशिष्ठ अधिकारीलगायतले संक्षिप्त कार्यक्रममाबीच केन्द्रका कार्यवाहक अध्यक्ष पवन श्रेष्ठलाई सामग्री हस्तान्तरण गरेका थिए ।
अध्यक्ष न्यौपानेले संगठनले सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग गरेको बताए ।
यसैगरी, संगठनले दिउँसो भद्रपुर नगरपालिका, वडा नं १० को सभाहलमा संगठन अध्यक्ष न्यौपानेको अध्यक्षतामा कार्यक्रम आयोजना गरी सेवानिवृत्त कर्मचारीलाई सम्मान तथा नवप्रवेशी कर्मचारीलाई स्वागत गरेको थियो ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य एवम् नेकपा एमाले केन्द्रीय सदस्य दिपक कार्की, कोशी प्रदेशका पूर्व सदस्य बसन्तकुमार बानियाँ, सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालगायतले सम्मानपत्र प्रदान गरेका थिए ।
प्रमुख अतिथि संविधानसभा सदस्य कार्की, कोशी प्रदेशका पूर्व सदस्य बानियाँ, सहायक प्रजिअ निरौला, नेपाल निजामती कर्मचारी युनियन झापा अध्यक्ष लक्ष्मीप्रसाद दाहाललगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संगठनका सचिव पूर्णचन्द्र मैनालीले गरेका थिए ।