झापा , बैशाख ८ । खोटाङको रावाबेशी गाउँपालिका कार्यालयमा काम गर्ने कार्यालय सहयोगी ५९ वर्षीय महेशकुमार रेग्मीको लडेर मृत्यु भएको छ ।

हिजो दिनभरि गाउँपालिका कार्यालयमा काम गरी राति घर फर्किने क्रममा बाटोभन्दा तल बारीमा लडेर उनको मृत्यु भएको हो ।
आज बिहान ५.४५ बारीको डिलबाट अन्दाजी ८ मिटर तल बारीमा नै लडी घोप्टो परी मृत अबस्थामा उनी फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।