बिर्तामोड, बैशाख ९ । झापाको बिर्तामोड–१० तेलगानी टोलमा गएराति खुकुरी प्रहारबाट दुईजना घाइते भएका छन्।

घाइते हुनेहरुमा पत्थरभिट्टा टोल निवासी रोशन सुबेदी र अनबेश पौडेल रहेका छन्। उनीहरुलाई तेलगानी टोलका बाबुराम न्यौपानेले खुकुरी प्रहार गरेका हुन् । राति करिब नौ बजेतिर उनीहरुबिच विवाद भएको र सोही विवादको क्रममा न्यौपानेले खुकुरी प्रहार गरेको जनाइएको छ । घाइतेमध्ये दुबैजनाको हातमा चोट लागेको छ ।सुबेदीलाई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार हुन नसकी घोपा धरान रिफर गरिएको छ । अर्का घाइतेको अवस्था भने सामान्य रहेको जनाईएको छ ।

खुकुरी प्रहार गर्ने न्यौपानेलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ । पुरानो रिसिबीका कारण खुकुरी हानेको हुनसक्ने डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्