झापा । पाथीभरा क्षेत्रमा भएको जीप आगलागीको घटनामा ज्यान गुमाएका भद्रपुरका तीनजनाको सामूहिक अन्त्येष्टि गरिएको छ ।

मंगलवार दिउँसो ताप्लेजुङबाट शव ल्याएर भद्रपुर– ७ देउनियामा रहेको संकटेश्वर विश्रान्ती घाटमा साँझपख अन्त्येष्टि गरिएको हो । भद्रपुर ८ निवासी ७० वर्षीय विनोद पौडेल र उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेलको एउटै चितामा अन्त्येष्टि गरिएको हो । सो घटनामा ज्यान गुमाएकी उनीहरुका नातिनी ललितपुर निवासी १६ वर्षीया आध्या आचार्यको पनि सोही घाटमा अन्त्येष्टि गरिएको छ ।