झापा, बैशाख १० । सुनसरीको इटहरीमा इलेक्ट्रिक स्कुटी दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

गएराति ८.१० बजेतिर इटहरी उपमहानगरपालिका– १० साथी पेट्रोल पम्पनजिक कोशी लोकमार्गमा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको रातो रङको अनटेस्ट इलेक्ट्रिक स्कुटी आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
तत्काल नाम, थर र वतन नखुलेका अन्दाजी १५ वर्षका बालकलाई उपचारको लागि बिराट टिचिङ मेडिकल कलेज बूढीगंगा पठाएकोमा उपचारको क्रममा राति ८;२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।