झापा, बैशाख ११ । १८ वर्षअघि शुरु गरेर अलपत्र छोडिएको झापाको बिर्तामोड ९ स्थित कोलाटोली खानेपानी आयोजनाको हालसम्मको हिसाबकिताब सार्वजनिक गर्न नेपाली कांग्रेसले माग गरेको छ ।

हिसाबकिताव सार्वजनिक नगरी संचालक समितिले राजीनामा दिएका छन् भने अर्को समिति निर्माण गरिएको छ । अलपत्र परेको सो योजना दुर्व्यसनीहरुको अखडा बनेको छ । यसरी लथालिङ्ग छोडिएको खानेपानी आयोजनाप्रति आफ्नो ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस बिर्तामोड ९ कार्यसमितिका सभापति वासु अधिकारीले एक प्रेस विज्ञप्ति जारी गरी हालसम्म हिसाबकिताब सार्वजनिक नगरी समितिले राजिनामा दिनु , हालसम्म लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नहुनु , खानेपानी योजनाको नाममा जग्गा नभई राज्य कोषबाट लगानी हुनु र अघिल्लो समितिले हिसाबकिताब सार्वजनिक नगरिएको अबस्थामा केहि व्यक्तिहरुलाई बोलाएर कोठामा समिति बनाएर पुनः दोहनको बाटोमा धकेल्ने कुचेष्टा गर्न खोजेको भन्दै त्यसप्रति विरोध जनाएका छन् । उनले आम उपभोक्ताको भेला नगरी कोठामा बसेर बनाइएको समिति मान्य नहुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्