झापा , बैशाख ११ । हिजो घरबाट बेपत्ता भएका इलाम चुलाचुली–२ हात्तिलेदा बस्ने ८४ वर्षीय रहिमान कुरुङफोङ मकैवारीमा मृत फेला परेका छन् ।

आज दिउँसो १२.१५ बजे सोही ठाउँ बस्ने भिममाया कुरुङफोङको मकैबारीमा उनी मृत फेला परेका हुन् । हिजो घरबाट निस्केकोमा घर फर्की नआएपछि आफन्तले खोजतलास गरेका थिए । प्रहरी चौकी पेल्टीमारीबाट टोली खटिएर घटनास्थल सुरक्षित राखेको र अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय दमकसंग समन्वय भइरहेको जनाइएको छ।