झापा , बैशाख ११ । इलाममा रुखले किचेर एक महिलाको मृत्यु भएको छ ।

आज दिउँसो ४ः१० बजे इलाम फाकफोकथुम –३सल्लेरीस्थित लुङ्गेली जंगलमा घाँस दाउरा काट्न जाँदा सुकेको मक्किएको रुख ढल्दा किचेर सोही ठाउँ बस्ने ४२ वर्षीया जमुना मगरको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी चौकी आमचोकबाट प्रहरी टोली जाँदै गरेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्