झापा, बैशाख ११ । इलाममा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।

आज दिउँसो ३.४५ बजे इलामको माई नगरपालिका –५ सानो खोल्सीस्थित चिसापानी – बिर्तामोड पक्की सडकखण्डमा महमाईबाट बिर्तामोडतर्फ आउँदै गरेको सुनसरी ग्रिडको बा. १ ञ १६८३ नं. को पिकअप र सोही दिशातर्फ आउँदै गरेको प्र१–०१–०१६ प ९८३४ नं. मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक झापा कन्काई ९ बस्ने ४५ वर्षीय खगेन्द्र चापागाई र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने ६२ वर्षीय धनपति चापागाई घाइते भएका हुन् । घाइतेहरुलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ । पिकअप चालक सुनसरी बराहक्षेत्र २ बस्ने ४८ वर्षीय गोपाल कट्वाल र दुवै सवारी साधन प्रहरी चौकी दानाबारीको नियन्त्रणमा रहेका छन् ।



