झापा, बैशाख ११ । भारतको कश्मिरमा आतंकवादी आक्रमणमा मारिएका सुदिप न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गर्दै बिर्तामोडको मुक्तिचोकमा दीप प्रज्वलन गरिएको छ ।

आज साँझ रोट्रयाक्ट क्लव अफ बिर्तामोड र रोट्रयाक्ट क्लब बिर्तामोड मिडटाउनको संयुक्त आयोजनामा दीप प्रज्वलन गरिएको हो । रोट्रयाट क्लव अफ बिर्तामोडका अध्यक्ष प्रज्वल बिमलीको नेतृत्वमा करिव २० जनाको उपस्थितिमा आतंकवादी हमलामा परी भारतको कश्मिरमा ज्यान गुमाएका बुटवलका न्यौपानेको मृत्युको बिरोध जनाइएको छ ।
लोकतन्त्र दिवसको अवसर पारेर ‘जस्टिस फर सुदिप , आतंककारीको कुनै धर्म हुँदैन , आतंककारी मुर्दावाद’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।



