झापा,बैशाख १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा आज गर्ने भनिएको सम्बोधन स्थगित भएको छ।

नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने भनिएको आजको कार्यक्रम स्थगित भएको बताए। उनका अनुसार प्रतिपक्षी दलका नेता संसदमा उपस्थित नहुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित गरिएको हो।
उनले भने,’प्रतिपक्षी दलको नेतासमेत काठमाडौं बाहिर रहेको अवस्थामा संसदमा प्रधानमन्त्रीले गर्ने भनिएको सम्बोधन स्थगित गरिएको छ। अर्को बैठकमा सम्बोधन गर्नुहुन्छ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ’प्रचण्ड’ गोरखा गएका छन् भने कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा बैंककमा छन्।
अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।