झापा, बैशाख १३ । नेपाली कांग्रेसले तालाबन्दी गरेपनि झापा जिल्ला सहकारी संघको निर्वाचन नरोकिने भएको छ ।

पूर्वनिर्धारित निर्वाचन कार्यक्रम अनुसार आज बिहान १० देखि दिउँसो ३ बजेसम्म बिर्तामोडको सिटीसेन्टरमा मतदान कार्यक्रम राखिएको छ । कांग्रेसले तालाबन्दी गरेपनि निर्वाचन कार्यक्रम यथावत राखिएको झापा जिल्ला सहकारी संघका सचिव भवानी दंगालले बताए ।

निर्वाचनको अघिल्लो दिन हिजो कांग्रेस समर्थक सहकारीकर्मीहरुले झापा जिल्ला सहकारी संघको कार्यालयमा तालाबन्दी गरेका थिए । सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको भागवण्डाको सहमति एमालेले पालना नगरेको भन्दै कांग्रेस समर्थक सहकारीकर्मीहरुले निर्वाचन नै हुन नदिने गरी तालाबन्दी गरेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्