झापा,बैशाख १३ । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको निधन भएको छ।

लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डङ्गोलको गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
२००४ सालमा काठमाडौंमा जन्मिएका ७७ वर्षीय डंगोल कांग्रेस काठमाडौंको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौं महानगरपालिकाको पूर्वउपप्रमुख समेत थिए।
डंगोल विसं २०६२÷६३ को जनआन्दोलनमा काठमाडौंमा कमाण्डरका रूपमा खटिएका थिए।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकू दोभानमा अन्त्येष्टि गरिने पूर्वमन्त्री भिमसेन दास प्रधानले जानकारी दिए।



