झापा, बैशाख १३ । नेपाली कांग्रेसकी सांसद माया राईलाई प्रहरीले पक्राउ गरेको छ ।

अपराध अनुसन्धानको कार्यालयले आज राति साढे ८ बजेतिर उनलाई घरबाटै पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिए ।

‘काठमाडौंको कपनस्थित घरबाट पक्राउ गरेर प्रहरी परिसर काठमाडौंलाई अहिले नै बुझाउँदै छौं,’ उनले भने, ‘राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।’

कांग्रेसको केन्द्रीय सदस्य राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोप छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्