झापा, बैशाख १४ । ९ दिनअघि आफ्नै बाबुको खुकुरी प्रहारबाट घाइते भएकी पाँच वर्षीया नाबालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।

गत बैशाख ४ गते बिहान अन्दाजी ६.३० बजे सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका –९ गोपे बस्ने ३२ वर्षीया चामकुमार तामाङले आफ्नै छोरी ५ वर्षीया पवित्रा तामाङलाई खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते बालिकाको गएराति ९.५ बजे उपचारको क्रममा टिचिङ अस्पताल काठमाण्डौमा मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकाको शव सोही अस्पतालमा रहेको छ ।

खुकुरी प्रहारपछि फरार रहेका चामकुमार घटना भएकै दिन दिउँसो ३.३० बजे सोलुखुम्बु थुलुङ दुधकोशी –९ लिखेप मझुवा खोलाको बगरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको थियो ।

चामकुमारले आफैले आफ्नो दाहिने कानको मुनि , पेट र छातीको बिच भागमा हतियार प्रहार गरेका थिए । उनलाई जिल्ला अस्पताल फाप्लुमा भर्ना गरी प्रहरीको निगरानीमा उपचार गरिएकोमा थप उपचारको लागि उनको भिनाजु कुमार तामाङलाई जिम्मा लगाई बिर अस्पताल काठमाण्डौ पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्